होमपेज / राजनीति
पञ्चपुरी, सुर्खेत । नेकपा एमाले पञ्चपुरी नगर कमिटीले वैशाख २६ गतेको विशाल चुनावी सभामा करिब हजारौं मानिस सडकमा उतार्ने जनाएको छ । नगर कमिटीका सचिव धर्म ढुङ्गानाका अनुसार वैशाख ३० गतेको निर्वाचनलाई लक्षित गरेर चुनावी सभा गर्न लागिएको हो ।
सभालाई नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल, केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज नवराज रावतलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
बाबियाचौर बजारको पुरानो वरपिपल चौतारीमा करिब हजाराै मानिसको उपस्थितिमा कार्यक्रम गर्ने गरी तयारी भइरहेको जानकारी दिँदै सचिव ढुङ्गानाले भन्नुभयो, ‘पञ्चपुरीका सबै वडाहरुबाट आवत जावत गर्न भौगोलिक कठिनाई भए पनि चुनावी सभामा पञ्चपुरी नगरपालिकाका ११ वटै वडाका बासिन्दाहरु सहभागी हुनेछन् ।’
यसैगरी बराहताल गाउँपालिकाको बड्डिचौरमा पनि वैशाख २६ गते नै आमसभा हुने भएको छ । वैशाख ३० को मिति नजिकिँदै गर्दा राजनीतिक दलहरुले घरदैलो र आमसभा गर्ने कार्यक्रमलाई तिब्रता दिएका छन् ।