ट्रेण्डिङ

होमपेज / राजनीति

राप्रपा नेपालका अध्यक्षका उम्मेदवार नेकपा एमाले प्रवेश

नेपालगाथा २०७९ बैशाख २४ गते शनिबार १८:५०:१९ मा प्रकाशित

चोकुने, सुर्खेत । चौकुने गाउँपालिकाका राप्रपा नेपालका अध्यक्ष पदका उम्मेदवार गङ्गाबहादुर बिकले राप्रपा नेपाल पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार भएको एक बृहत कार्यक्रममा राप्रपा नेपालका अध्यक्षका उम्मेदवार बिकले नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार हरिप्रसाद अधिकारीलाई समर्थन गर्दै नेकपा एमालेको सिद्धान्त र विचारबाट प्रभावित भएर पार्टी प्रवेश गरेको बताए । बिकले आफू नेकपा एमालेमा प्रवेश गरेकाे प्रेस विज्ञप्तिमार्फत समेत सार्वजनिक गरेका छन् । 


वैशाख ३० को मिति नजिकिँदै गर्दा बिकले एमालेलाई सघाउने घोषणा गरेका हुन् । राप्रपा नेपालले समेत सघाउने भएपछि एमालेका उम्मेदवार, नेता तथा कार्यकर्ता उत्साहित बनेका छन् ।


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top