ट्रेण्डिङ

होमपेज / राजनीति

'आर्थिक विकास र समृद्धिका लागि एमालेका उम्मेदवारहरुले जित्नुपर्छ' - ईन्चार्ज कँडेल

चौकुनेमा एमालेको पक्षमा उर्लियो जनलहर

नेपालगाथा २०७९ बैशाख २३ गते शुक्रबार ०९:००:१० मा प्रकाशित

चाैकुने, सुर्खेत । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले आर्थिक विकास र समृद्धिका लागि एमालेका उम्मेदवारहरुले जित्नुपर्ने बताउनुभएकाे छ । चौकुने गाउँपालिकाको गुटु बजारमा नेकपा एमालेको चुनावी आमसभालाई  सम्बोधन गर्दै नेता कँडेलले यस्ताे बताउनुभएकाे हाे । एमालेप्रति दिनप्रतिदिन बढ्दो जनलहर देखेर विरोधीले मतदातालाई जालझेल र भ्रममा पार्न सक्ने भएकाले सचेत रहन आग्रह गर्दै नेता कँडेलले एमालेकै नेतृत्वमा मात्र समावेशी, समुन्नत र सामाजिक सुरक्षाको प्रत्याभूति हुने भएकाले एकढिक्का भएर एमालेको सूर्य चिन्हमा मतदान गरी सबै उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गर्नुभयाे ।

सभालाई पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तथा नेकपा एमाले सुर्खेत ईन्चार्ज नवराज रावतले समृद्धि र विकास एमालेकै नेतृत्वमा सम्भव रहेकाले सूर्य चिन्हमा मतदान गरी ईतिहास बनाउन आग्रह गरे । चौकुने गाउँपालिकाको केन्द्रविन्दु रहेको गुटुमा निर्वाचनको मुखैमा एमाले प्रति बढ्दो जनलहरले पुनः चौकुनेको समृद्धि र विकास गर्ने जिम्मेवारी एमालेको काँधमा आएको गाउँपालिका अध्यक्षका उम्मेदवार हरिप्रसाद अधिकारीले बताए । उनले जनताले दिएको हरेक जिम्मेवारीलाई इमानदारितापूर्वक निर्वाह गर्ने प्रतिवद्ध जनाए । 

स्थानीय तहको निर्वाचनकाे मिति नजिकिएसँगै नेकपा एमालेले चुनावी गतिविधिलाई तिब्र पारेकाे छ । यसै क्रममा नेकपा एमाले चाैकुनेले बिहीबार चौकुने गाउँपालिकाको केन्द्र गुटुमा आमसभाकाे आयोजना गरेको हो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top