ट्रेण्डिङ

होमपेज / राजनीति

वाईसीएल इन्चार्जद्वारा एमाले कार्यकर्तामाथि आक्रमण

घाइतेको अवस्था गम्भीर 

नेपालगाथा २०७९ बैशाख २२ गते बिहीबार १८:०४:३८ मा प्रकाशित

शिशिर सिंखडा, चितवन । माओबादी केन्द्रको भातृ संगठन वाईसिल कालिकाका इन्चार्ज नवराज घलानको आक्रमणबाट एमालेका कार्यकर्ता महेन्द्र बिक घाइते भएका छन् । कालिका–३, शान्ति टोल, पदमपुर निवासी ३४ वर्षिय बिकलाई वाईसिल कालिकाका इन्चार्ज घलानले गए राती ११ बजे फोन गरि घरबाट बोलाएर आक्रमण गरेका हुन्। घरबाट बोलाएर २ सय मिटर पर लगि १५/१६ जनाको समुहले बोत्तल तथा सीसाले टाउकोमा हानेको स्थानीयले बताएका छन् ।

एमालेको भातृ संगठन युवा संघका नगर सदस्य समेत रहेका बिकको अहिले गम्भीर अबस्थामा भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको नेकपा एमाले कालिकाका सचिब शुदर्शन अधिकारीले जानकारी दिए । बिकको टाउकोमा गम्भीर चोट लागेको छ ।
वाईसिल कालिकाका इन्चार्ज नवराज घलान यस अगाडि पनि एमाले जिल्ला कमिटी सदस्य ऋषिराम मरहठ्ठालाई आक्रमण गरी प्रहरी हिरासतमा रहेका थिए । उनी करिब २ महिना अगाडि धरौटी जमानतमा छुटेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top