होमपेज / राजनीति
काठमाडौँ। चितवनको पर्सामा भएको विद्रोही पक्षको राष्ट्रिय भेलाले चन्दलाई महासचिवबाट हटाउँदै धर्मेन्द्र वास्तोलालाई पार्टीको संयोजक तोकेको हो । याे सँगै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आैपचारिक रुपमा विभाजित भएको छ । पार्टीका विद्रोही नेताहरूको भेलाले चन्दलाई महासचिवबाट हटाएको हाे ।
यस्तै खड्गबहादुर विश्वकर्मालाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको छ । भेलाले नयाँ पार्टी गठन गर्ने तयारी समेत गरेको विद्रोही पक्षका एक नेताले जानकारी दिए ।
स्थानीय चुनावको उपयोग गर्ने वा बहिष्कार गर्ने भन्ने विषयमा विवाद चर्किंदै जाँदा एक पक्षले अर्कोलाई पार्टीबाट निश्कासन गर्ने क्रम शुरु भएको हो ।
यसअघि चन्द पक्षले वास्तोलालाई पार्टीबाटै निश्कासन गरेको थियो ।