होमपेज / राजनीति
पञ्चपुरी, सुर्खेत । पञ्चपुरी नगरपालिकामा नेकपा एमालेले घरदैलो अभियानलाई तिब्र पारेको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले पञ्चपुरी नगरपालिकाले चुनावी अभियानलाई तिब्र पारेको हो । मंगलबार पञ्चपुरी नगरपालिकाको वडा नं. २ मा घरदैलो अभियान सम्पन्न गरेको हो ।
घरदैलो अभियानबाट पञ्चपुरीका उम्मेदवारहरु उत्साहित भएको बताएका छन् । वैशाख ३० को निर्वाचनमा आफ्नो पक्षमा बहुमत आउनेमा आशावादी देखिएका पञ्चपुरी नगरपालिकाका प्रमुख पदका उम्मेदवार धन बहादुर थापाले भने, ‘नेकपा एमालेले जनताको पक्षमा काम गरेको सबै मतदातालाई जानकारी भएको हामीले पाएका छौं । नेकपा एमालेले मात्र जनताको पक्षमा काम गर्न सक्छ भन्ने कुरा उहाँहरुले बुझेको हामीले पायौं । त्यसैले पनि हाम्रो जित सुनिश्चित छ ।’
नेकपा एमालेले पञ्चपुरी नगरपालिकामा प्रमुख पदमा धनबहादुर थापा र उपप्रमुख पदमा दुर्गा कुमारी रिमाल (रेग्मी) लाई उम्मेदवार बनाएको छ ।
.jpg)