होमपेज / राजनीति
सुर्खेत । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर नेकपा एमाले प्रवेश गर्नेहरु दिनप्रतिदन बढिरहेको छ ।
आइतबार नेकपा एमाले पञ्चपुरीे नगरपालिकाको कार्यक्रममा नेकपा एस पाटीबाट पञ्चपुरी नगरपालिका वडा नं. ४ को अध्यक्ष पदका उम्मेदवार दिलिप कंडेलले एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै आफू नेकपा एसको साधारण सदस्य समेत नरहने गरी पाटी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।
उहाँलाइ नेकपा एमालेका केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज नवराज रावतले एक कार्यक्रमका बीच पाटीमा स्वागत गर्नुभयाे । वडा अध्यक्ष पदका उम्मेदवार कंडेलले आफू नेकपा एमाले प्रवेश सँगै आफ्नो वडा अध्यक्षका उम्मेदवार स्वतः निष्कृय भएको सते जनाउनुभएको छ ।
नेकपा एस ठिक हो भन्ने भ्रम भएकोमा पश्च्याताप लागेको बताउँदै नेता कंडेलले अन्य साथीहरुलाईसमेत आफ्नो पुरानो घर नेकपा एमालेमा फर्कन आह्वान गर्नुभएको छ ।