ट्रेण्डिङ

होमपेज / राजनीति

आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै

नेपालगाथा २०७९ बैशाख १७ गते शनिबार १०:२७:३० मा प्रकाशित

काठमाडौँ। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका दल तथा व्यक्तिहरूलाई आज निर्वाचन चिह्न प्रदान गर्दैछ। निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरूले उनीहरूको आफ्नै चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि निर्वाचन आयोगले चिह्न प्रदान गर्नेछ।

शुक्रबार निर्वाचन आयोगले उजुरी उपर छानबिन गरेर उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । नामावलीमा रहेका उम्मेदरवारहरु नै प्रतिस्पर्धामा उत्रिनेछन्। उनीहरूलाई नै आज निर्वाचन चिह्न प्रदान गर्न लागिएको हो। उम्मेदवारहरूले निर्वाचन चिह्न पाएसँगै मौन अवधि सुरु हुनु अघिसम्म प्रचारप्रसार गर्न पाउनेछन् । मतदान यही वैशाख ३० गते हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top