ट्रेण्डिङ

होमपेज / राजनीति

माओवादीबाट उपमेयरमा उम्मेदवार बनेकी रिता खड्का नेकपा एमाले प्रवेश

नेपालगाथा २०७९ बैशाख १६ गते शुक्रबार ०८:४६:३० मा प्रकाशित

काठमाडौँ । कैलालीको गोदावरी नगरपालिकामा (माओवादी केन्द्र) को तर्फबाट उपमेयरको उम्मेदवार बनेकी रिता खड्का नेकपा एमाले प्रवेश गरेकी छन् । उनलाई बिहीबार अत्तरियामा एमाले केन्द्रीय सचिव एवम् सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले पार्टीमा प्रवेश गराएका हुन् । खड्काले १२ गते माओवादी केन्द्रको तर्फबाट उपमेयरमा मनोनयन दर्ता गराएकी थिइन् । तीन दलीय गठबन्धनको सहमतिको अनुसार उक्त नगरपालिकाको उपप्रमुख एकीकृत समाजवादीको भागमा परेको थियो । एमालेमै राजनीतिक भविष्य देखेर एमाले प्रवेश गरेको उनले बताइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top