ट्रेण्डिङ

होमपेज / राजनीति

उम्मेदवारविरुद्ध परेको उजुरी बुधबार छानबिन हुँदै

नेपालगाथा २०७९ बैशाख १४ गते बुधबार १०:५६:०७ मा प्रकाशित

काठमाडौं। स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध परेको उजुरीमाथि बुधबार छानबिन हुँदैछ। आइतबार र सोमबार मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध मंगलबार परेका उजुरीमाथि निर्वाचन आयोगले छानबिन गर्न लागेको हो। बुधबार र बिहीबार छानबिन गर्ने आयोगको कार्यतालिका छ।  छानबिन सकेपछि बिहीबार उम्मेदवारको अन्तिम सूची प्रकाशन हुनेछ। 

आयोगको पछिल्लो विवरण अनुसार स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको छ। तर उम्मेदवारीको अन्तिम विवरण भने आइसकेको छैन। वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनमा कुल ३५ हजार २२१ पदका लागि मतदान हुनेछ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top