ट्रेण्डिङ

होमपेज / राजनीति

आज मनोनयन दर्ता हुँदै

नेपालगाथा २०७९ बैशाख १२ गते सोमबार १०:१५:२४ मा प्रकाशित

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि आज (सोमबार) पनि मनोनयन दर्ता हुँदै छ । मनोनयन दर्ता हिजो (आइतबार)देखि सुरु भएको हो। आइतबार छुटेका दल तथा स्वतन्त्र व्यक्तिहरूले रित पुर्‍याएर आज मनोनयन दर्ता गर्न पाउनेछन् । आज दिउँसोसम्म मनोनयन दर्ताको समय तोकिएको छ । देशभरका ७५३ स्थानीय तहको प्रमुखदेखि वडा सदस्य पदसम्मका लागि दलगत र स्वतन्त्ररुपमा समेत मनोनयनपत्र दर्ता हुनेछ ।

७५३ मध्ये ६ वटा महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका छन् । यी सबै तहमा प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्ष र सदस्य पदका लागि मनोनयन हुनेछ। मनोनयन दर्ताको काम सकिएपछि आजै साँझ उम्मेदवारहरूको नामावली प्रकाशन गरिने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ । साना दल र केही स्वतन्त्र उम्मेदवारहरूले आइतबार नै उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार आइतबार १०५३३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

तर, ठुला दलहरूमा आन्तरिक किचलो र गठबन्धनमा भागबन्डा नमिलेका कारण पहिलो दिन उम्मेदवारले मनोनयन दर्ता गराएका छैनन्। उम्मेदवारी दर्ताका क्रममा आचारसंहिताको पालनामा आयोगले राजनीतिक दलहरुलाई आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top