ट्रेण्डिङ

होमपेज / राजनीति

सत्ता गठबन्धनको बैठक बस्दै

नेपालगाथा २०७९ बैशाख १२ गते सोमबार १०:०५:०३ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेता बैठक बस्न लागेका हुन्। पाँच दलीय गठबन्धनको बैठक हिजो (आइतबार) बेलुकी पनि बालुवाटारमा बसेको थियो ।

तालमेल गर्न बाँकी रहेका र विवादित क्षेत्रबारे आज (सोमबार) बिहान बैठक बसेर सहमति खोजिने नेताहरूले बताएका छन्। पाँच दलीय गठबन्धन स्थानीय चुनावमा मिलेर जाने सहमति गरेका थिए। तर केही स्थानीय तहमा तालमेलमा विवाद हुँदा एक्ला एक्लै प्रतिस्पर्धा गर्ने तयारीमा दलहरू छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top