होमपेज / राजनीति
काठमाडौँ । नेपाली काँग्रेसले आज (आइतबार) स्थानीय निकाय निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने भएको छ। काँग्रेसले चुनावी एजेन्डा समेटिएको घोषणापत्र आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा सार्वजनिक गर्न लागेको हो। महामन्त्री गगन थापाको नेतृत्वमा तयार पारिएको घोषणापत्र लोकतन्त्र दिवसको अवसर पारेर काँग्रेसले सार्वजनिक गर्न लागेको हो। नेकपा एमालेले गत शुक्रबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको थियो ।
स्थानीय निकायको निर्वाचन यही वैशाख ३० गते हुँदै छ। आज र भोलि मनोनयन दर्ता छ ।