ट्रेण्डिङ

होमपेज / राजनीति

अधिवक्ता केसी एमालेमा प्रवेश

नेपालगाथा २०७९ बैशाख ९ गते शुक्रबार १०:२८:२८ मा प्रकाशित

सुर्खेत । प्रजातान्त्रिक कानून व्यवसायी संघ सुर्खेतका सदस्य अधिवक्ता गणेशभक्त केसी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका इन्चार्ज यामलाल कंडेलले केसीलाई पार्टी कार्यालयमा स्वागत गर्नुभएको हो । देशभर नेकपा एमालेको देशप्रेमी भावना, विकास निर्माणमा दृढता र कुशल नेतृत्वका कारण अहिले देशभर नेकपा एमालेमा प्रवेश गर्नेको लहर नै चलिरहेको छ ।


केसीलाई पार्टीमा स्वागत गर्दै इन्चार्ज कंडेलले योग्यता र क्षमताका आधारमा उपयुक्त जिम्मेवारी दिइने बताउनुभयो । नेकपा एमालेमा गोलबद्ध हुन चाहने व्यक्तिलाई जुनसुकै समयमा पनि ढोका खुला रहेको बताउँदै नेता कंडेलले पार्टीका आम कार्यकर्तालाई अब देश चुनावमय भइसकेकाले सबैजना चुनावी मैदानमा खट्न निर्देशन दिनुभयो । 
वीरेन्द्रनगर ६ निवासी अधिवक्ता केसी विगत लामोसमयदेखि नेपाली कांग्रेसमा आवद्ध हुनुहन्थ्यो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top