होमपेज / राजनीति
सुर्खेत । नेकपा (एमाले) सुर्खेतले प्रशिक्षणमूलक प्रचार भेला गरेकाे छ। नेकपा एमालेले सुर्खेतले आसन्न वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनलाई ध्यानमा राख्दै स्थानीय तह निर्वाचन केन्द्रित प्रचार भेला आयाेजना गरेकाे हो। भेलाका प्रमुख आतिथि नेकपा एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख बिष्णु रिजालले नेकपा एमालेले गरेका विकास निर्माणका गतिविधिका कारण देशभर एमालेप्रति जनताकाे आकर्षण बढ्दै गएकाे बताउनु भयाे । उहाँले गठबन्धन भन्दा महागठबन्धन आए पनि एमाले त्यसको सामना गर्न तयार रहेका कारण सबै कमिटी र कार्यकर्ता बैशाख ३० लाई लक्षित गरेर परिचालन हुन निर्देशन दिनुभयाे ।

आसन्न निर्वाचनमा पार्टीलाई विजयी गराउन प्रचार रणनीति तयार गर्न प्रशिक्षण कार्यक्रम आयाेजना गरिएकाे एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सिनाले जानकारी दिए । उनले जिल्लाका नाै वटै पालिकामा प्रचार विभाग गठन गरेर चुनाव प्रचारलाई व्यवस्थित बनाएर अगाडि बढेकाे बताए ।
भेलामा एमाले प्रदेश कमिटीका सदस्य, एमाले जिल्ला अध्यक्ष अमृत विसी तथा पदाधिकारी, विभिन्न तहका नेता तथा एमाले निकट प्रेस चाैतारी निकट पत्रकारहरुकाे सहभागिता रहेकाे छ ।