ट्रेण्डिङ

होमपेज / राजनीति

महत्वपूर्ण निर्णयसहित नेकपा एमाले जिल्ला कमिटीकाे बैठक सम्पन्न 

नेपालगाथा २०७९ बैशाख ३ गते शनिबार १७:२३:०५ मा प्रकाशित

सुर्खेत । नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको तेस्रोपुर्ण बैठक सम्पन्न भएकाे छ । बैठकमा पार्टीका ९ वटै पालिकाका अध्यक्षहरुले आ-आफ्नोे कमिटीको रिपोर्ट पेश गर्नुभएकाे प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले बताउनुभयाे । बैठकले गठबन्धन गलगाण, अपबित्र र सत्ता स्वार्थको गठजोड भएकोले यसलाई परास्त गर्न सम्पुर्ण पार्टी पंक्ति एकताबद्द र आत्मबिश्वासका साथ विजयी अभियानमा लाग्न निर्देशन जारी गरेको छ। यसैगरी बैठकले सुर्खेत जिल्लाका हालसम्म ९९ वटा वडामध्ये ३८ वटामा सर्बसहमत उम्मेदवार र १५ वटामा सिफारिस भइ आएको र बाँकी वडाले ६ गतेसम्म सिफारिस गरिसक्नुपर्ने निर्देशन दिएकाे छ । 

निर्वाचनमा पार्टीले उठाउनुपर्ने उम्मेदवारहरुको निर्णय गर्ने जिम्मेवारी सचिवालयलाई दिनुका साथै प्रत्येक पालिकाले ५ देखि ७ जनासम्म सदस्य रहेको प्रचार तथा प्रसार समिति गठन गरी प्रचारप्रसार कार्यलाई ब्यबस्थित गर्न पालिका कमिटीलाई बैठकले निर्देशन समेत दिएकाे छ। जिल्ला कमिटीमा मनोनित हुनुभयका ७ जना सदस्यहरुलाई पार्टी अध्यक्ष अमृतबहादुर बिसीले सपथग्रहण गराउनु  भएकाे बैठकमा जिल्ला इन्चार्ज तथा प्रमुख अतिथि नवराज रावत र जिल्ला सहइन्चार्ज मोहनमाया ढकालले निर्देशनमुलक मन्तव्य राख्नुभयको प्रचार विभाग प्रमुख तिमिल्सेनाले नेपालगाथालाई जानकारि दिनुभयाे ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top