ट्रेण्डिङ

होमपेज / राजनीति

काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

नेपालगाथा २०७९ बैशाख ३ गते शनिबार ०८:२३:५२ मा प्रकाशित

काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका एवं उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवारीसम्बन्धी प्रस्तावबारे छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top