ट्रेण्डिङ

होमपेज / राजनीति

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै

नेपालगाथा २०७८ चैत्र २५ गते शुक्रबार १२:०९:०१ मा प्रकाशित

काठमाडौँ । बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्न लागेको हो । बैठक केही बेरमा बस्नेछ। बैठकका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगिसकेका छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल र नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का बालुवाटार पुगेका छन् । समसामयिक राजनीति र चुनावी तालमेलका मोडालिटीबारे छलफल गर्न आज गठबन्धनको बैठक बस्न लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top