होमपेज / राजनीति
सुर्खेत। साच्चै कर्णालीको समृद्धि र बिकास भएको हेर्न चाहने हो भने राज्यका सबै निकायहरुले छ वटा ‘ब’लाई ध्यान दिनुपर्ने मुख्यमन्त्री शाहीले बताएका छन् । समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक बहस कार्यक्रममा मुख्यमन्त्री शाहीले सो कुरा बताए । जहिले पनि केन्द्रिय सरकारले गरिबि, भोक, रोग र पिछडिएको उपमा दिएको कर्णालीको मुहार फर्नका लागि छ वटा ब (बाटो, बिजुली, बिचार, बन, बजार र व्यवस्थापन) लाई ध्यान दिन आवश्यक रहेको मुख्यमन्त्री शाहीले बताए ।कर्णालीको बिकासका लागि ६ ब लाई प्राथमिकतामा राखेर काम गर्ने हो भने सोचे अनुसारको कर्णाली बनाउन सकिने उनले बताए ।
कर्णालीका सबै बस्तीहरुमा छ वटा ब (बाटो, बिजुली, बिचार, बन, बजार र व्यवस्थापन) लाई अबलम्बन गर्न नसकेकै कारण कर्णालीको बिकास हुन सकेको छैन। यदि कर्णालीका सबै बस्तीहरुमा छ वटा ब को अबधारण पुर्याउने हो भने प्राकृतिक श्रोत साधनले भरिपुणर् कर्णालीको मुहार फेर्न कसैको मुख ताक्नु नपर्ने मुख्यमन्त्री शाहीले बताए । सुर्खेतको शुभ होटलमा संचालन भएको समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक बहस कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीमा हुने सबै खाले नराम्रा कामको दोष आफु लिने र प्रदेशमा बनेका बाटो, बिजुुली, सिंचाई, सडक, भवन, सरसफाई लगायतका नया र राम्रा कार्य भए त्यसको जस जनता दिने तर आफुु प्रदेश सरकार सञ्चालनको मुख्य जिम्मेवारी भएको कारण कर्णालीमा हुने सबै खाले नराम्रा कामको जिम्मा लिन आफु तयार रहेको बताए ।
यसरी राम्रा कामको जिम्मेवारी अरुलाई दिने नेताहरु अहिलेको अबस्था भेटाउनै कठिन भएको बेला मुख्यमन्त्री शाहीले सार्वजनिक बहस कार्यक्रममा नराम्रा कामको जिम्मेवारी आफुले लिने बताए । सोही कार्यक्रममा बोल्दै देशका सात वटा प्रदेश मध्य कुनै भन्दा कर्णालीको गरिबी अनुुपात अगाडी नआएसम्म यसमा सन्तुुष्ट हुने अवस्था नदेखिएको र केही दिन अगाडी एक गैरसरकारी संस्थाले सार्वजनिक गरेको कर्णालीको गरिबी अनुुपातप्रति मुख्यमन्त्री शाहीले सन्तुष्ट नभएको, कर्णालीको गरिबी अनुुपात ५१ बाट ३९ मा झरे पनि त्यो सन्तुुष्ट हुने अवस्था नभएको उनले बताए । कर्णाली बास्तवमै गरिबीको समस्या नभएर मानसिक गरिबी मुख्य समस्या भएकाले जबसम्म कर्णालीवासीको मानसिकतामा रहेको गरिबीलाई हटाउन सकिदैन तबसम्म कर्णालीको समृद्धि र बिकास नहुनेउनले बताए बताए ।