होमपेज / राजनीति
काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्नेबारे छलफल भएको छ। नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भएको ‘वान टू वान’ वार्तामा सम्बन्धलाई सुदृढ गर्नेबारे छलफल भएको हो।
भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ताबारे प्रधानमन्त्री सचिवालयले ट्वीटरमा लेखेको छ, 'प्रधानमन्त्रीद्वयले दुई देशका जनताको पारस्परिक हितका लागि द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने र विभिन्न क्षेत्रमा सहयोगलाई अगाडि बढाउने उपायहरूबारे विचार आदानप्रदान गर्नुभयो।’
The two Prime Ministers exchanged their views on ways to further strengthen bilateral ties and advance cooperation in multiple areas for the mutual benefits of the peoples of both countries (2/2). pic.twitter.com/Dywh6TD3UJ
— PMO Nepal (@PM_nepal_) April 2, 2022