होमपेज / राजनीति
काठमाडौँ । पूर्वमन्त्री एवं समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह एमालेमा प्रवेश गरेका छन् ।
आज काठमाडौंमा आयोजित कार्यक्रमबीच सिंहले पार्टीलाई एमालेमा समाहित गराएका हुन् ।समाजवादी जनता पार्टीका अध्यक्ष सिंहलाई अध्यक्ष केपी शर्मा ओलीले टीका र खादा लगाएर एमालेमा स्वागत गरेका हुन् । सिंहसँगै अभिनेत्री करिश्मा मानन्धर पनि एमालेमा प्रवेश गरेकी छिन् ।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता शिव पटेल, माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य तथा शेर्पा मुक्ति मोर्चाका पूर्व सचिव रामेछापका नाम्गेल शेर्पा लगायत एमाले प्रवेश गरेका छन् ।