ट्रेण्डिङ

होमपेज / राजनीति

अभिनेत्री करिश्मा मानन्धर आज एमालेमा प्रवेश गर्दै

नेपालगाथा २०७८ चैत्र ८ गते मंगलबार ०९:५१:२७ मा प्रकाशित

काठमाडौँ। अभिनेत्री करिश्मा मानन्धरसहित दर्जनौँ नेता, कार्यकर्ता आज एमाले प्रवेश गर्दै छन् । पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमबिच अभिनेत्री मानन्धरसँगै समाजवादी जनता पार्टीका नेताहरू एमालेमा प्रवेश गर्न लागेका हुन् । दिउँसो १ बजे राखिएको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली उनीहरूलाई स्वागत गर्नेछन् । चर्चित एवम् लोकप्रिय अभिनेत्री मानन्धर पछिल्लो समय राजनीतिमा सक्रिय हुन थालेकी छन् । उनी यसअघि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा लागेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top