होमपेज / राजनीति
काठमाडौं । मित्रराष्ट्र चीनका विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका लागि नेपाल आउँदैछन् ।
परराष्ट्र मन्त्रालयले परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा विदेशमन्त्री यी नेपाल आउन लागेको बताएको छ ।परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा मन्त्री वाङ नेपाल आउन लागेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । भ्रमणका क्रममा उनले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन् ।