होमपेज / राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमाथि गम्भीर आरोप लगाएका छन् ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमाथि गम्भीर आरोप लगाएका छन् ।ओलीले यसपालिको निर्वाचनमा मतपेटिकालाई आँखाबाट ओझेल गर्न दिन नहुने बताएका छन् । उनले स्थानीय निर्वाचनमा भरतपुर र सिराहा काण्ड दोहोरिन सक्ने आशंका व्यक्त गरे ।
एमालेको पहिलो पोटिव्युरो बैठकमा ओलीले नेकपा एमालेको फुटमा निर्वाचन आयोगको भूमिका ‘मतियार’का रुपमा देखिएको भन्दै अहिले पनि सत्तारुढ दलसँग सेटिङ् गरेको आरोप लगाए ।
उनले निर्वाचन आयोगले भित्री रुपमा सत्तारुढ गठबन्धनका दलहरुसँगको परामर्शमा नियमहरू बनाएको आरोप लगाए ।ओलीले भने, ‘यसपटक हामी मतपेटिका आँखाबाट ओझेल गर्न मञ्जुल गर्दैनौं । किनभने हामी षडयन्त्रभित्र छौं । काउन्टिङ अन्त्य नभएसम्म अन्तिमसम्म मतपेटिका हाम्रो आँखा अगाडि हुनुपर्छ । विश्वास गर्नुस् भन्ने कुरा हुँदैन । विश्वासको कुराले हुने भए गोप्य मतदान नै किन चाहिन्थ्यो ?’
“निर्वाचन आयोगले गलत मनसाय राखेर गएको थाहा पाउँदापाउँदै सत्तारुढ दलसँगको मिलेमतोमा एमाले फुटाउनेहरुलाई दलको मान्यता दियो,” ओलीले भने, “सत्तारुढ दलकै मिलेमतोमा निर्वाचन आयोगले मतपत्रको रङ पनि बदलेको छ ।” उनले कांग्रेसको रुख हरियो बनाउन हरियो रङको प्रयोग गरिएको बताए । उनले थपे।