होमपेज / राजनीति
काठमाडौँ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनावमा सत्तारुढ गठबन्धनमा रहेका दलहरूका बिचमा तालमेल हुने बताएका छन् । सोमबार (आज) काठमाडौँको शंखरापुर नगरपालिकामा भएको कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् । नेपालले सत्ता गठबन्धनमा रहेका दलहरूबिच तालमेलका विषयमा छलफल भइरहेको बताएका थिए।