होमपेज / राजनीति
काठमाडौं । नेपाल प्रहरीका तीन डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरिएकोमा असन्तुष्ट डीआईजीहरू लोकसेवा आयोग पुगेका छन् ।
गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा डीआईजीहरु बसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा सिफारिस गरेको थियो।डीआईजी ईश्वरबाबु कार्कीले आफू आयोग पुगेर छलफल गरेको बताए ।
बढुवा सिफारिसविरुद्ध डीआईजीहरु घनश्याम अर्यालसहित केही डीआईजी पनि लोकसेवा आयोगमा उजुरी दिने तयारीमा रहेका छन् ।मन्त्रालयले गरेको सिफारिसमाथि एक सातापछि मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने प्रावधान छ । सिनियरलाई पाखा लगाउँदै जुनियरलाई अगाडि बढाएको भन्दै आईजीपी शैलेश थापा क्षेत्रीका ब्याची डीआईजीहरू असन्तुष्ट छन् ।