होमपेज / राजनीति
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि उमेदवारी मनोनयन वैशाख ११ र १२ गते हुने भएको छ ।
निर्वाचन आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको छ ।आयोगले उमेदवारको नामावली १५ गते प्रकाशन गर्ने र १६ गते अन्तिम नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छ ।
३० वैशाखमा विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । त्यसको ४८ घण्टाअघि अर्थात वैशाख २७ गते मध्यरातदेदि मौन अवधि लागू हुनेछ ।