होमपेज / राजनीति
काठमाडौं । गृह मन्त्रालयको बढुवा समितिको आज (मंगलबार) बसेको बैठकले नेपाल प्रहरीका तीनजना प्रहरी नायव महानिरीक्षक (डिआइजी) लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्न सिफारिश गरेको छ।
नेपाल प्रहरीमा तीनजना एआईजीको बढुवा सिफारिस भएसँगै भावी प्रहरी महानिरीक्षक (आईजीपी)का लागि चारजनाबीच प्रतिस्पर्धा हुने भएको छ ।मन्त्रालयले बुधबार गरेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को बढुवा सिफारिसप्रति प्रहरी उच्च अधिकृतहरु असन्तुष्ट बनेका छन् ।
डीआईजीहरू वसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकको सिफारिसलाई लिएर प्रहरी प्रधान कार्यालयभित्रै तीव्र असन्तुष्टि देखिएको अधिकारीहरू बताउँछन् । कार्यक्षमता मूल्यांकनका आधारमा भन्दा पनि शक्तिकेन्द्र निकटका अधिकृतहरुलाई बढुवा सिफारिस गरिएको भन्दै प्रहरी प्रधान कार्यालयसमेत असन्तुष्ट बनेको हो ।