होमपेज / राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३० वैशाखमा हुने स्थानीय तहको चुनावमा आफ्नो पार्टीले ६० देखि ७० प्रतिशत सिट जित्ने दाबी गरेका छन् ।
मंगलबार काठमाडौंमा अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी बैठकमा उनले पार्टीले एक्लै निर्वाचन जित्ने जिकिर गरेका हुन् । “६० देखि ७० प्रतिशत सिट एक्लै जित्न सक्छौँ,” उनले भने ।
ओलीले चुनाव जितिन्न कि भनेर चिन्ता नलिन कार्यकर्तालाई आग्रह गरेका छन् ।