होमपेज / राजनीति
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ ।
दिउँसो ३ बजे बस्ने बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने बताइएको छ ।स्थानीय तहको निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने बताइएको छ ।
एमालेले चुनावी रणनीति बनाउन चैत ७ गते पोलिटब्युरो, ८–९ मा केन्द्रीय कमिटी र १४ चैतमा स्थायी समितिको बैठक बोलाएको छ ।