होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार नुवाकोटको एक कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेता भीम रावलप्रति आक्रोश पोखेपछि रावल त्यसको जवाफ फर्काएका छन् ।
सोमबार नुवाकोटमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले रावल मन्त्री भएकै बेला एमसीसी सम्झौता मन्त्रिपरिषदबाट पारित भई संसदमा पेश भएको बताएका थिए । र त्यतिबेला किन प्रश्न नगरेको र अहिले किन टाउको दुखेको भनी प्रश्न गरेका थिए ।
प्रधानमन्त्री देउवाले रावलको दिमाख खुस्किएको थियो ? भनेर पनि भनेका थिए । त्यसको जवाफ दिँदै रावलले सो अभिव्यक्ति उदण्डतापूर्ण र झुटो रहेको दाबी गरेका छन् ।जवाफमा रावलले आफू मन्त्री भएका बेला मन्त्रिपरिषदबाट एमसीसी पारित नभएको जिकिर गरे ।
‘म केपी ओलीजी पहिलो पटक प्रधानमन्त्री भएको बेला उपप्रधानमन्त्री र रक्षामन्त्री थिएँ । ओलीले एमसीसीसँगको सम्झौता संसदमा ल्याएको बेला होइन । अतः मेरो मन्त्रिपरिषदमा सहमति रहेको भन्ने कुरै रहेन’ रावलले ट्विटरमार्फत जवाफ दिएका छन् ।