होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले नेता भीम रावलप्रति आक्रोश पोखेका छन् ।
देउवाले नेकपा एमालेले संसदमा दर्ता गरेको प्रस्ताव अनुमोदन गर्दा एमालेकै नेताहरूले टाउको दुखाउन जरुरी नभएको बताएका छन् ।एमाले सांसद भीम रावलप्रति असन्तुष्टि पोख्दै प्रधानमन्त्री देउवाले सत्तामा हुँदा एमसीसी अघि बढाउनेहरूले अहिले विरोध गर्नुको अर्थ नरहेको बताए ।
‘मन्त्रिपरषद्बाट आफ्नै सरकार हुँदा पास गरेर संसदमा पेस गर्दा त्यसबेला किन आलोचना गर्नुभएन। भीम रावलले के हेरेर बसे त्यसबेला ?’ नुवाकोटको किस्पाङ गाउँपालिका भवन उद्घाटन गर्न पुगेका देउवाले आक्रोशित हुँदै भने,’अहिले किन विरोध गर्दैछन् ? विरोध गर्ने भए त्यसेबला मन्त्रीबाट राजीनामा दिएर बाहिर आउनुपर्ने थियो।’
रावल रक्षामन्त्री छँदा मन्त्रिपरिषद्ले एमसीसीबारे महत्वपूर्ण निर्णय गरेको भन्दै प्रधानमन्त्री देउवाले झूठो कुरा नगर्न रावललाई चेतावनी दिए ।