होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहलाई ‘स्थानीय सरकार’ भन्ने व्यवस्था गर्न कुनै आपत्ति नरहेको बताएका छन् ।
नेपाल नगरपालिका संघको २९औं बार्षिक उत्सबमा आयोजित कार्यक्रममा सबै पार्टीको सहमति जुटाएर आवश्यक कानुनी संशोधन समेत गर्ने बताए ।कार्यक्रमका अधिकांश वक्ताले संविधानले ३ तहको सरकारको परिकल्पना गरेपनि स्थानीय ‘सरकार’ नभनेर तहमात्रै भन्नु उपयुक्त नहुनेमा जोड दिएपछि प्रधानमन्त्री देउवाले जवाफ दिएका हुन् ।
देउवाले भने, ‘स्थानीय तहलाई सरकार भन्न कुनै आपत्ति छैन । महत्वपूर्ण कुरा काम हो । जनताको प्रत्यष सम्पर्कमा रहने ठाउँ हो, जनताको दुःख तक्लिफ हटाउने काम गर्नुस । तह हटाउन केही छैन ।’