होमपेज / राजनीति
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अवरोध अन्त्य गरी संसदलाई प्रभावकारी रूपमा सञ्चालनका लागि सहयोग गर्न रुलिङ गरेका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा उनले संसद्लाई प्रभावकारी बनाउन आमरूपमा प्रश्न उठिरहेको भन्दै अवरोध अन्त्य गर्न आग्रह गरेका हुन् । आइतबार पनि बैठक सुरु भएलगत्तै एमाले सांसदहरुले वेल घेराउ गरेर नाराबाजी गरेका छन् ।
“संसद् अवरोधका कारण विधि निर्माण प्रक्रिया प्रभावित भएकोमा जनता र राष्ट्रका समस्यामा छलफल गर्न नपाएकोमा माननीय सदस्यहरूले मलाई पटक–पटक ध्यानाकर्षण गराउनुभएको छ । संसद्लाई प्रभावकारी बनाउन आमरूपमा प्रश्न उठिरहेको छ । तसर्थ, अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न म सम्बन्धित माननीय सदस्यहरूलाई विशेष अनुरोध गर्दछु,” सापकोटाले भने ।