ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेश

नेपालगाथा २०७८ फाल्गुण २९ गते आइतबार १४:१४:४० मा प्रकाशित

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेश भएको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङले महाअभियोग प्रस्ताव प्रस्तुत गरेका हुन् ।१ फागुनमा प्रतिनिधिसभाका ९८ सांसदले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । सो प्रस्ताव आइतबार संसद बैठकमा पेश भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको नाराबाजीकैबीच बैठकमा महाअभियोग प्रस्ताव पेश गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top