ट्रेण्डिङ

होमपेज / राजनीति

निर्वाचन आयोगगको प्रष्टीकरण :राति पनि मत गन्‍न सजिलो होस् भनेर हरियो मतपत्र बनायौँ

नेपालगाथा २०७८ फाल्गुण २६ गते बिहीबार १८:०७:१४ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले मत गणनामा समस्या हुने भएपछि स्वस्तिक छाप र चुनाव चिन्हको रङ एउटै नहोस् भनेर हरियो मतपत्र बनाएको प्रष्ट पारेको छ। 

आयोगले विहीबार पत्रकार सम्मेलन गरी यदि कसैलाई आयोगको निर्णयप्रति शंका लागेमा त्यसबारे प्रष्ट पार्न आयोग तत्पर रहेको जनाएको छ ।आयोगले मतगणना गर्दा समस्या नआओस् भन्ने उद्देश्यले मात्र मतपत्रमा चुनाव चिह्न हरियो रङको बनाउन खोजेको स्पष्टीकरण दिएको छ 

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा आयोगले मतपत्र हरियो बनाउने निर्णय गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि जनाएपछि आयोगले त्यसबारे प्रष्ट पारेको हो।‘कलर कन्ट्रयास्ट अर्थात् रङमा भिन्नताको कारणले मात्र यो निर्णय गरिएको हो’ आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले भने, ‘गण्नामा सजिलो होस् भन्ने उद्देश्यले मात्र चुनाव चिह्नको रङ र स्वस्तिक छापको रङमा भिन्नता ल्याउन खोजिएको हो । यदि कसैलाई द्विविधा छ भने प्रष्ट पार्न आयोग तत्पर छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top