ट्रेण्डिङ

होमपेज / राजनीति

केपी शर्मा ओलीलाई पदीय मर्यादाको ख्याल राख्न विश्वप्रकाशकाे आग्रह

नेपालगाथा २०७८ फाल्गुण २६ गते बिहीबार १५:३७:३२ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पदीय मर्यादाको ख्याल राख्न आग्रह गरेका छन् ।

शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मतपत्रको रङ देखेर नतर्सिन आग्रह गरेका छन् ।निर्वाचन आयोगले ३० वैशाख २०७९ मा हुने स्थानीय निर्वाचनमा चुनाव चिह्न हरियो रङको बनाउने निर्णय गरेको छ । 

केही दिनअघि एमाले अध्यक्ष ओलीले एक सार्वजनिक समारोहमा ‘कांग्रेसको चुनाव चिह्न हुँदैमा मतपत्रको रङ नै हरियो बनाउनुपर्छ र ?’ भनी टिप्पणी गरेका थिए ।मतपत्रको रङबारे सैद्धान्तिक र वैचारिक बहसमा सहभागी हुन पनि उनले ओलीलाई सुझाव दिएका छन् । 

मतपत्रको रङ कस्तो बनाउने भन्ने निर्णय निर्वाचन आयोगले स्वतन्त्र रुपमा गर्न सक्ने महामन्त्री शर्माले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top