होमपेज / राजनीति
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले प्रवेश गर्ने तयारीमा छिन् ।
आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेकी उनले केही समयमै एमालेमा प्रवेश गर्ने बताएकी छन् ।करिश्माले भनिन्, ‘छिट्टै पार्टी प्रवेश गर्दैछु । कहिले भनेर पार्टीले तय गर्छ । पार्टी अध्यक्ष केपी ओलीसँग यसबारे कुरा भइरहेको छ ।’
एमाले प्रवेश गरे पनि आफूले ठूलो अपेक्षा भने नराखेको बताइन् ।