ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेसलाई प्रचण्डको चेतावनी-हामीले नै बोकेर सिंहासनमा पुर्‍याइदिएका छौँ,अहिले हामीलाई नै अपमान गर्ने?

नेपालगाथा २०७८ फाल्गुण २५ गते बुधबार १८:३१:३२ मा प्रकाशित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा गठबन्धन नगर्ने भनेर कांग्रेसका केही नेताले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

पार्टीको बागमती प्रदेश कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धनको विषयमा नेताहरुले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेको हुन्। अध्यक्ष प्रचण्डले कांग्रेसका नेताहरुले आफूहरुलाई हात्तीको कानमा बसेका चमेरा भन्ने तथा गठबन्धन गरेर चुनाव जिताइदिने जिम्मा नलिने भनी दिएको अपमानजनक अभिव्यक्ति सह्य नहुने बताए ।

 प्रचण्डले भने, ‘हामी एक्लै चुनाव लड्न पनि सक्षम छौँ। कांग्रेसको प्रत्यक्षतर्फ हाम्रोभन्दा १० सिट कम हो। तर, हामीले नै बोकेर सिंहासनमा पुर्‍याइदिएका छौँ। अहिले हामीलाई नै अपमान गर्ने? यस्तो सहन सकिँदैन।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top