ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेसको आकलन गठबन्धन गर्नुहुँदैन भन्ने छ, विचार गरौँ:झलनाथ खनाल

नेपालगाथा २०७८ फाल्गुण २५ गते बुधबार १४:३८:०४ मा प्रकाशित

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एकतर्फ घोषणाबाट पारित भएको एमसीसी अहिलेकै अवस्थामा कार्यान्वयनमा गएमा त्यो कम्युनिष्ट र चीनविरोधी हुने बताएका छन् ।

खनालले संसदबाट पारित भएको एमसीसी अब चुनावपछि मात्रै बहसमा ल्याउन अनुरोध गरेका छन् । केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

खनालले भने, ‘धेरै ठुलो मुद्दा हो । यसबारे हामीले नै पहिले कुरा उठाएको हो । मेरै नेतृत्वमा कार्यदल बनेको थियो । पछिल्लो अवस्थामा केन्द्रीय समितिमा छलफल गर्नुपर्ने हुन्थ्यो । एकदम हतारहतारमा भयो । व्याख्यात्मक घोषणा गर्नै नसकिने होइन । तर, हामीले एकतर्फी गर्‍यौं । जे गरिएको छ, त्यसलाई उपलब्धिमा बनाउनुपर्छ । लेटर अफ एक्सचेन्जबाट यसलाई सम्झौताको अंग बनाउनु पर्छ । अब यो कसरी कार्यनयन हुन्छ ? अहिले कै शर्तमा भयो भने यो कम्युनिष्ट र चीनविरोधी हुन्छ । यो एकलौटी सम्झौता जस्तो भयो । हाम्रोभन्दा अमिरिकी हितलाई माथि राखियो ।

उनले आगामी चुनावमा कांग्रेससँगको गठबन्धनका विषयमा टुंगो लागिनसकेको बताउँदै अहिले कांग्रेसभित्र दुई धार रहेको बताएका छन् ।

“कांग्रेसमा गगन थापा, शेखर कोइरालाहरु गठबन्धन गरेर जानुहुँदैन, गठबन्धन गरेर गयौँ भने हामीले ७० सिटमात्रै जित्छौँ एक्लै गयौँभने १५५ सिट जित्ने आकलन गरेका रहेछन् तर शेरबहादुर देउवा अहिले पनि गठबन्धन गरेरै जानुपर्ने अडानमा हुनुहुन्छ,” खनालले भने, “कांग्रेसले अनुसन्धान गरेर भनेको छ । हामीले पनि अब विचार गरेर निर्णय गर्नुपर्ने हुन्छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

Top