ट्रेण्डिङ

होमपेज / राजनीति

ओलीले किन चुनाव चिह्नमा हरियो रङ स्वीकार्य छैन भने?

नेपालगाथा २०७८ फाल्गुण २४ गते मंगलबार १९:०३:२३ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध राज्यका सबै अंगको प्रयोग भएको आरोप लगाएका छन् ।

ओलीले स्थानीय तह निर्वाचनको मतपत्रमा दलहरुको चुनाव चिह्न हरियो रङले छपाइ गर्ने निर्वाचन आयोगको निर्णयको विरोध गरेका छन् । उनले भने, “नेकपा (एमाले)का विरुद्ध प्रयोग भइरहेको छ, राज्यका सबै अंग प्रयोग भएको छ । अदालत प्रयोग गरेको छ, परमादेश देख्नुभयो । सभामुख प्रयोग भइरहेको छ ।”

आयोगले सोमबार पठाएको प्रेस विज्ञप्तिमा स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइ गर्दा मतपत्रमा छपाइ हुने चिह्न, विवरण तथा सुरक्षण चिह्नहरु हरियो मसीले छपाइ गर्ने निर्णय भएको उल्लेख गरेको थियो । तर ओलीले उक्त निर्णयको विरोध गर्दै भनेका छन्, ‘हरियो, सरियो हुँदैन ।’

 ओलीले निर्वाचन आयोगले सो निर्णय गरेको भए सच्याउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top