ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत १६ गते श्रीलंकाको भ्रमण गर्ने

नेपालगाथा २०७८ फाल्गुण २३ गते सोमबार १७:३१:०७ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत १६ गते श्रीलंकाको भ्रमण गर्ने भएका छन् ।

चैत १६ गतेदेखि श्रीलंकामा सुरु हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को पाँचौँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री त्यसतर्फ जान लागेको परराष्ट्रमन्त्री डा. नारायण खड्काले जानकारी दिए । 

‘मार्च ३० मा श्रीलंकामा आयोजना हुने बिमस्टेक शिखर सम्मेलनमा प्रधानमन्त्रीज्यू र म सहभागी हुँदैछौं,’ परराष्ट्रमन्त्री डा. नारायण खड्काले सोमबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top