ट्रेण्डिङ

होमपेज / राजनीति

स्थानीय तह निर्वाचनका लागि  निर्वाचन आयोगले मतपत्र छाप्न हरियो मसी प्रयोग गर्ने

नेपालगाथा २०७८ फाल्गुण २३ गते सोमबार १७:२२:४४ मा प्रकाशित

काठमाडौं । वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि  निर्वाचन आयोगले मतपत्र छाप्न हरियो मसी प्रयोग गर्ने भएको छ । 

अगामी स्थानीय तहको चुनावको तयारीबारे गरेको नियमित पत्रकार सम्मेलनमा अबको मतपत्रमा निर्वाचन चिह्न हरियो रङको हुने जानकारी दिइएको हो ।आयोगले सोमबार पत्रकार सम्मेलन गर्दै मतपत्रमा हरियो मसी प्रयोग गर्ने निर्णय गरेको आयोगका सहायक प्रवक्ता तथा सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकरी दिए ।
  
“आवश्यक मतपत्र छाप्दा मतपत्रमा प्रयोग हुने चिह्न विवरण तथा सुरक्षण चिह्नहरु हरियो मसीले छपाई गर्नेगरी आयोगबाट निर्णय भएको छ,” उनले भने ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top