ट्रेण्डिङ

होमपेज / राजनीति

निरन्तर संसद् अवरोध हुनु जनताको सार्वभौम अधिकार माथिको खेलवाड : सांसद भीम रावल

नेपालगाथा २०७८ फाल्गुण २२ गते आइतबार १७:१५:०९ मा प्रकाशित

काठमाडौँ । नेकपा (एमाले)का सांसद भीमबहादुर रावलले निरन्तर संसद् अवरोध हुनु जनताको सार्वभौम अधिकार माथिको खेलवाड भएको बताएका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकमा सहभागी हुन संसद् भवन पुगेका सांसद रावलले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निरन्तरको संसद् अवरोध जनताको सार्वभौम अधिकार माथिको खेलवाड भएको बताएका हुन् । उनले संसद् अवरोध गर्नु गैर जिम्मेवार काम भएको टिप्पणी गरे ।

उनले भने, ‘यो त नेपाली जनताको जुन सार्वभौम अधिकार माथिको खेलवाड हो । र यो एकदम अत्यन्त गैर जिम्मेवार काम हो । किनभने नेपाली जनताले आफ्नो निर्वाचित जनप्रतिनिधि मार्फत राष्ट्रको स्वाधीनता, स्वतन्त्रता, जनताको जीविका जस्ता महत्त्वपूर्ण विषयमा छलफल होला, त्यसले निकास देला भनेर उनीहरुले अपेक्षा गरेका हुन्छन् र संसद् भनेको देशमा उत्पन्न समस्याहरूको निकास दिने महत्त्वपूर्ण थलो हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top