ट्रेण्डिङ

होमपेज / राजनीति

प्रतिनिधिसभाको बैठक फागुन २९ गतेसम्मका लागि स्थगित

नेपालगाथा २०७८ फाल्गुण २२ गते आइतबार १५:०७:५७ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाको बैठक फागुन २९ गतेसम्मका लागि स्थगित भएको छ । 

आजको बैठक सम्पन्न भएको घोषणा गर्दै सभामुख अग्निप्रसाद सापकोटाले सो जानकारी गराएका हुन् ।एमालेको अवरोधकाबीच सभामुख अग्नि सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगबारे अध्ययन गरेर सिफारिस गर्न समिति गठनको प्रस्ताव पेस गरेका थिए । 

बैठकमा सभामुख सापकोटाले बलात्कारको आरोप लागेका एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेको पत्र पढेर सुनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top