होमपेज / राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्र व्यक्तिवादी प्रवृत्ति हावी भएको भन्दै अध्यक्ष प्रचण्डको आलोचना गरेका छन्।
श्रेष्ठले पार्टीमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको बताएका छन् ।शुक्रबार पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत लिखित भनाइमा श्रेष्ठले पार्टीमा 'दलाल तथा नाेकर पुँजीवादीहरूको साँठगाँठ बढेको' समेत बताएका छन् ।
शुक्रबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले प्रचण्डसँग आफ्नो २०५३ सालदेखिकै सम्बन्ध भएको बताएका छन् । तर अहिले प्रचण्डले नै पत्रकार सम्मेलन गरेर पार्टी छोड् भनेको उनले बताए ।
उनले पार्टीको मुख्य समस्याका रूमा वैचारिक संस्कृति अभाव रहेको औँल्याएका छन् ।