होमपेज / राजनीति
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीको बैठकमा संसद विघटन गरी संघीय निर्वाचन हुने संकेत गरेका छन् ।
दोस्रो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एमालेको निरन्तर संसद अबरोध खुलाउन पहल गर्ने यदि नभए दुई विकल्प प्रस्ताव गरिएको बताए। केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमसीसी पारित नभएको भए गठबन्धन भत्किने र मुलुकमा प्रतिगमन दोहोरिने खतरा रहेको समेत ब्रिफिङ गरेका छन् ।
‘एमालेले संसद निरन्तर अबरुद्ध गरिरहेको छ, यसलाई खुलाउन पहल गर्ने यदि संसद खुल्ने अवस्था नभए पेलेर बिधेयक पेश गर्ने र त्यसो गर्न संभव नभए नयाँ निर्वाचनमा जानुपर्छं।’