ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाल कम्युनिस्ट पार्टीमाओवाद केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु

प्राथमिकतामा एमसीसी

नेपालगाथा २०७८ फाल्गुण २० गते शुक्रबार १४:५२:४८ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । 

 बैठकमा विभिन्न ६ वटा एजेण्डा तय भएको छ । बैठकले केन्द्रीय सदस्य थप्ने र पार्टीमा रिक्त रहेका अध्यक्षबाहेकको पदपूर्ति गर्ने तथा स्थायी कमिटी, पोलिटब्युरो पनि गठन गर्ने भएको छ ।

 बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्रिफिङ गरिरहेका छन् । उनले अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदनका विषयमा बोलिरहेका छन् । 

एमसीसी अनुमोदनपछि पार्टीमा विरोध खेपिरहेका प्रचण्डले सो विषयमा आफ्नो बाध्यताबारे ब्रिफिङ गरेका छन् ।प्रतिनिधिसभाबाट व्‍याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन भएपछि पनि काजीसहितका नेताहरुले पार्टीले गलत गरेको भनी पार्टीमा छलफलको माग राखेका थिए । सोही कारण जारी केन्द्रीय किमटीको बैठकमा एमसीसीले पहिलो प्राथमिकता पाएको माओवादी केन्द्रका नेताहरु बताउँछन् ।

यस्तै बैठकले स्थानीय निर्वाचनको रणनीति पनि तय गर्ने एक नेताले बताए । 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top