ट्रेण्डिङ

होमपेज / राजनीति

एमसीसीले स्वीकार्‍यो संसदीय अनुमोदन,‘व्याख्यात्मक घोषणा’ बारे केही बोलेन

नेपालगाथा २०७८ फाल्गुण १८ गते बुधबार १५:३१:०२ मा प्रकाशित

काठमाडौं । आइतबार संघीय संसद्बाट अनुमोदन भएको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई मुख्यालयले स्वीकार गरेको छ ।

एमसीसी मुख्यालयले वासिङ्टनबाट मंगलबार एक विज्ञप्ति जारी गर्दै संसदीय अनुमोदन स्वीकारेको जनाएको हो । विज्ञप्तिमा ‘व्याख्यात्मक घोषणा’ का बारे भने केही भनिएको छैन । 

विज्ञप्तिमा भनिएको छ, ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र नेपाल सरकारबीचको ५० करोड डलरको कम्प्याक्टलाई फेब्रुअरी २७ मा अनुमोदन गर्ने नेपालको संघीय संसदको निर्णयलाई स्वीकार गरेको छ। नेपाल कम्प्याक्टलाई अनुमोदन गर्ने निर्णयले नेपाल सरकारलाई सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक राज्यको रूपमा सधैं कायम राखेको छ। कम्प्याक्टको अनुमोदनले पाँच वर्षे कार्यक्रमलाई कार्यान्वयन गर्ने दिशामा काम जारी राख्न सक्षम बनाउँछ, जसले बिजुलीको थप भरपर्दो आपूर्ति, कम यातायात लागत र नेपाली जनताका लागि थप रोजगारी सिर्जना गर्न मद्दत गर्नेछ।’

फागुन १५ गते सत्तारुढ गठबन्धन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा), नेपालको समर्थनमा ‘व्याख्यात्मक घोषणा’ सहित अनुमोदन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top