होमपेज / राजनीति
काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले संसद्मा एमसीसीमाथिको छलफलमा सहभागी भएर ‘हिरो’ बन्न खोजेको भन्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिको जवाफ दिएका छन् ।
हिजोको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले एमसीसीको विरोध गरेर ‘हिरो हुन खोजेको’ बताएपछि प्रतिक्रियास्वरुप रावलले यस्तो चुनौती दिएका हुन् ।“राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तव्यअनुरूप संसद्मा बोल्दा मैले ‘हिरो’ हुन खोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफैँ देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुसी नै हुने थिएँ । देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया !,” उनले ट्विटमा लेखेका छन् ।
रावलले निरन्तर एमसीसीको विरोध गरिरहेका छन् ।